दैलेखमा बाईसहजार भन्दाबढीलाई रोजगार

दैलेख । जिल्लामा १०हजार ८२६ उद्यममा २२ हजार ८४४ जनाले रोजगारी पाएका छन् । साना उद्योग,बाणिज्य र लघुउद्यमबाट जिल्लाका ८ हजार ९३२ महिला र १३ हजार ९१२ पुरुष गरि २२ हजार ८४४ जनाले रोजगार पाएको उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालय दैलेखले जनाएको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले शुक्रवार गरेको योजना तर्जुमा तथा कार्यक्रमको समिक्षा गोष्ठीमा११ पालिकामा १०हजार ८२६ उद्योग दर्ता भएकाछन् । जस मध्ये महिला ४ हजार ३१३ र पुरुष ६ हजार ३८६ जना उद्यमी छन् । निर्वाचन क्षेत्र –१ को नारायण नगरपालिकामा १हजार ४८५,महाबु गाउँपालिकामा २९५,नौमुलेमा २४५,भगवतीमाईमा २६७,डुङ्गेश्वरमा ३०५,गुराँसमा ३६० गरि २ हजार ९५७उद्यम रहेका छन । त्यसैगरि निर्वाचन क्षेत्र–२ मा दुल्लु नगरपालिकामा ८९५,चामुण्डा विन्द्रासैनी नगरपालिकामा २४४,आठविस नगरपालिकामा ७२५,भैरवी गाउँपालिकामा ३३० र ठाटीकाँधमा ९५ गरि २ हजार २८९ उद्यमदर्ता रहेको योजना तथा समिक्षा गोष्ठीमा उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालय प्रमुख कल्पना खत्रीले प्रस्तुत गरेकी थिईन ।
जिल्लामा प्राईभेट फर्म ५हजार १८७,साझेदारी ३७,प्रालि २२ उत्पादक मुलक २५५,कृषि तथा वनजन्य २हजार ७२०,पर्यटन मुलक १ हजार ८६,सेवा मुलक १ हजार १८० र सुचना सञ्चार ५ वटाफर्म दर्ता छन् । समिक्षा गोष्ठीमा चालु आर्थिक बर्षमा गरिने कार्यक्रम र आगामी बर्षमा गरिने प्रस्तावित कार्यक्रमको बारे समेत जानकारी गराईएको थियो । जिल्लाका ११ पालिकाका उद्यम शाखाका प्रमुखले आफ्नो पालिकामा भए गरेका गतिविधीको जानकारी दिएका थिए ।
आर्थिक बर्षमा कार्यक्रम र बजेट प्राप्त भएपनि समयमा कार्यान्वयनका लागि कार्यविधी प्राप्त नहुनुले कार्यालयले सोच जस्तो प्रगतिगर्न नसकेको कार्यालय प्रमुख खत्रीको भनाई छ । उनले भनिन, “ठुलो रकम फ्रिज जानु नै समयमै चालु आर्थिक बर्षमा कार्यक्रम र बजेट संगै कार्यविधी नआउनु हो । तालुकदार निकायले समयमै यी कुरालाई चासो देओस । यो एउटा समस्या नै हो । पछिल्लो समय युवाहरुको उद्यमतिर कमचासो दिनु अर्का समस्या रहेको छ । यसका लागि युवामा चेतना मुलक कार्यक्रम ल्याएर उद्यममा युवालाई जोडने उत्पादन मुखि कार्यक्रम नीतिमा ल्याउनुपर्छ । ”
त्यसै गरि चामुण्डा विन्द्रासैनी नगरपालिकाका उद्यम शाखा प्रमुख जमुना शाहीले थोरै बजेट,कर्मचारी अभावले उद्यमहरुको अनुगमनमा कठिनाई भईरहेको बताईन । ‘हाम्रो कार्यक्रममा भत्ताको व्यवस्था छैन । भत्तानहुँदा उद्यम कुरा सुन्न चासो देखाउदैन । युवाजति मुग्लानलागि सके । जनप्रतिनिधी समेत भत्ताको आश गर्छन । स्वरोजागर कार्यक्रम कामगर्दा नगद पाउने र हाम्रो तालिममा सहभागी हुँदा पैसा नपाईने हुँदा कममा निसले मात्रचासो दिन्छन,उनले भनिन ।