दुर्गम जिल्लामा कृषि विकास वैंकद्धारा ग्लोबल मनि वीक कार्यक्रम सिकाउदै

कालिकोट । कृषि विकास वैंकले दुर्गम जिल्लामा विद्यार्थीलाई वित्तिय कारोबारो सिकाउन थालेको छ । विद्यार्थीलाई बचत कसरी गर्ने बचत गर्दाको फाईदा के हुन्छ भन्ने बारे दुर्गम जिल्लाका विद्यार्थीलाई वित्तिय कारोबारो जानकारी दिन सो कार्यक्रम सञ्चालन गरेको हो ।
शुक्रवार कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकामा कृषि विकास बैंकले विद्यार्थीलाई वित्तिय कारोबार बारे जानकारी दिनको लागि सो कार्यक्रम गरेको हो ।
विद्यार्थी सँग वैंक कार्यक्रमले आम नागरिकलाई मात्र नभई विद्यार्थीलाई पनि वित्तिय कारोबार जानकारी दिनको लागि शुक्रवार कालिकोट जिल्लाको नन्दादेवी बहुमुखी कलेजमा सो कार्यक्रम गरिएको थियो । कृषि विकास बैंकले पनि ग्लोबल मनि वीक ९ सप्ताहब्यापी ०एक कार्यक्रम गरी मनाएको हो । सन् २०१२ देखी मार्च महिनामा संसार भर मनाउँदै आएको छ ।
कृषि विकास बैंक कर्णाली प्रदेश कार्यलय सुर्खेतले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनि वीक मनाएको हो । सोही कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका बरिष्ठतम उप–महाप्रवन्धक प्रताप सुवेदीले प्रविधिमैत्री वैकिङ कारोबारोको आजको आवश्यकताको महत्व बताए ।
उनले भने, “वित्तिय साक्षरता कार्यक्रममा बैंकका सेवाहरु विद्युतिय वैंकिङ सेवा कर्जा निक्षेप एजेन्सी सेवा लगायत अन्य विषयका सम्बन्धमा प्रकाश पारेका थिए” । सोही कार्यक्रममा विद्यार्थीलाई बैंक खाताको महत्व,खाताबाट कारोबार गर्दा हुने फाईदा कारोबारो गर्दा अपनाउनु पर्ने सावधानी,पारिवारिक खर्चको लेखा पालन विषयका बारे जानकारी गराएका थिए ।
कार्यक्रममा वित्तीय साक्षरताका सम्बन्धमा बैंकका सेवाहरू, विद्युतीय बैंकिंङ सेवा, कर्जा, निक्षेप, एजेन्सी सेवा लगायत अन्य विषयका सम्बन्धमा बैंकका बरिष्ठतम उप महाप्रबन्धक प्रताप सुवेदीले प्रकाश पारेका थिए ।
विद्यालयका विभिन्न कक्षामा अध्ययन्रत विद्यार्थिहरुलाई बैंक खाताको महत्व, खाताबाट कारोबार गर्दा हुने फाइदा, विद्युतीय कारोबार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारिक खर्चको लेखा पालन जस्ता विषयका सम्बन्धमा जानकारी गराएका थिए ।
सन् २०१२ देखी सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट सन् २०२३ मा मात्र विश्वभरिका १७६ मुलुकका ४० हजार संस्थाहरूको संलग्नता मार्फत १२ करोड जनसंख्या यस कार्यक्रमबाट लाभान्वित भएका छन् ।
बैंक तथा वित्तीय संस्था मार्फत अनलाइन कारोबार गरी नगद रहित समाजको सृजना गर्दै हरित मुद्राका माध्यमबाट वातावरण संरक्षणमा योगदान दिने यस कार्यक्रमको उद्देश्य रहेको छ ।
कार्यक्रममा नन्दादेवी बहुमुखी क्याम्पसका प्रमुख अग्रबहादुर विष्टले वित्तिय कारोबारले विद्यार्थी मात्र नभएर आम नागरिकलाई सहज पुग्ने बताए । उनले भने, पहिला वैंकका कर्मचारीले मात्र वित्तिय कारोबार बारे जानकारी हुन्थ्यो अहिले विद्यार्थी आम जनमानसलाई समेत थाहा दिनको लागि यसले नेपाल सरकारले लिएको वित्तिय कारोबार लक्ष्यलाई सहयोग पुग्ने छ । कृषि विकास वैंक ग्रामिण क्षेत्रको विकासल भएकोले ‘सुरक्षित र भरपर्दो विश्वासशिलो र शहरदेखी गाउँसम्म बृहत शाखा सञ्जाल भएको तपाई हाम्रो घर आँगनको कृषि विकास बैंक सँग कारोबारो गरि आधुनिक वैकिङ सुविधाहरु उपयोग गरि लाभ लिन आग्रह गरे ।
बैंकका प्रदेश निर्देशक डा।सुरोज टण्डनको अध्यक्षतामा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा निर्देशक डा।सुरोज टण्डनले बैंकले ‘नुन देखी सुनसम्मस बहुआयामिक सेवा प्रवाह गर्दै आइरहेकाले बिद्यार्थिहरुलाइ बैकमा खाता खोली बैंक संग जोडिन आग्रह गरे ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर विष्टले बैंकले हाल प्रदान गर्दै आएको सेवा प्रभावकारी बन्दै आएको र अव वडा कार्यालयमा समेत सामाजिक सुरक्षाको भत्तालाई पुगाउनु पर्ने धारणा व्यक्त गरे ।
त्यसैगरि रामबहादुर बटालाले वैंक सेवा गुणस्तरिय थप सेवा विस्तारका लागि अनुरोध गरे ।