Skip to main content

पुसभित्र तीस प्रतिशत बजेट रकम खर्च गरिसक्न अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौँ, अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका छन् ।

पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उनले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको उल्लेख …

सात सयले बढ्यो सुनको मुल्य

काठमाडौं, सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७००ले बढेर रु ९३ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको …

सेयर बजारको परिसूचकसँगै घट्यो कारोबार

सोमबार सेयर बजारको परिसूचक नेप्से ६।६ अंकले घटेको छ। सो अंकको गिरावटसँगै परिसूचक २५७० अंकमा कायम भएको छ। यसअघि हिजो आइतबार परिसूचक ५६ अंकले घटेको थियो।

परिसूचक मात्रै होइन, कारोबार रकम पनि खुम्चिएको छ। हिजो ४ अर्ब ११ करोड रुपैयाँको …

सुनको मूल्य घट्यो

सुनको मूल्य घटेको छ।

साताको पहिलो दिन आज छापावाल सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।

शुक्रबार ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यो दरअनुसार आज प्रतितोला ४ सय रुपैयाँले सुन सस्तिएको हो।

चाँदीको मूल्य …

माथिल्लो कर्णाली परियोजना: ७ बर्षसम्म शुन्य प्रगति !


सुर्खेत । नौ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माणका लागि नेपाल सरकार र भारतीय उर्जा कम्पनी जीएमआरबीच सन् २०१४ सेप्टेम्बर १९ मा भएको परियोजना विकास सम्झौता (पीडीए) मा सात वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख छ । यही सेप्टेम्बर १९ मा …

अर्थमन्त्री जनार्दन शर्मालाई ११ बुँदे सुझाव

काठमाडौं। नेपाल समुद्रपार निकासी पैठारी संघ अन्तर्गतको योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) को एक प्रतिनिधिमण्डलले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटी अझ बढी व्यावसायमैत्री वातावरण निर्माणका लागि गर्नुपर्ने सुधारसम्बन्धी सुझाव दिएको छ।
फोरम संयोजक गौरव शारडा नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री शर्मालाई उनकै …

अब झुत्रा नोटबाट ब्रिकेट !

काठमाडौं  नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने …

एक वर्षमा १० खर्ब विप्रेषण भित्रियो

काठमाडौं । कोरोना कहरका कारण प्रमुख श्रम गन्तव्यमा नेपाली कामदारको गतिविधि कम भए पनि विप्रेषण आप्रवाहमा भने सकारात्मक प्रभाव देखिएको छ ।

सरकारले हुण्डी जस्ता अवैध कारोबारलाई नियन्त्रण गरेका कारण पनि वैधानिक माध्यमबाट विप्रेषण भित्रने क्रममा वृद्धि भएको हो । …

गत वर्ष नौ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, मूल्यवृद्धि आकलनभन्दा कम

गत आव ०७७/७८ मा मुलुकमा भित्रिने रेमिट्यान्स ९ दशमलव ८२ प्रतिशतले वृद्धि भएर ९ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको थियो । यो अघिल्लो वर्षको भन्दा ८६ अर्ब रुपैयाँले बढी हो । अघिल्लो आवमा ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको …

ऋण लिनेलाई ब्याजदर अझै सस्तियो, कुन बैंकको बेस रेट कति छ ?

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन्। सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले अघिल्लो वर्षको तुलनामा १.६१ प्रतिशतले घटाएका छन्। बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार हो बेस रेट।

आर्थिक वर्ष २०७६/७७ को …