Skip to main content

सङ्क्रमण बढेपछि कास्कीमा अधिकांश सरकारी कार्यालयको सेवा स्थगित

कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरमा सङ्क्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ ।​ सेवाग्राहीका भीड बढी हुने जिल्लाका अधिकांश कार्यालयले कार्यरत कर्मचारी सङ्क्रमित भएपछि सेवा स्थगन गरेका छन् । केही कार्यालयको सेवा पूर्ण बन्द गरिएको …

ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्लूएचओ

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने ओमिक्रोनबाट …

प्रदेश अस्पतालका ५० भन्दा बढी कर्मचारीमा कोरोना

सुर्खेत ।   कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ५० भन्दा बढि कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले अस्पतालल कार्यरत ५० जना भन्दा बढि कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

संक्रमण पुष्टि हुने अस्पतालका कार्यालय सहयोगी, …

वीरेन्द्रनगर पुनः कोरोनाको ‘हटस्पट’ बन्ने खतरा

सुर्खेत। कर्णालीको राजधानी वीरेन्द्रनगर कोरोना संक्रमणको उच्च जोखिममा छ । यसअघि पहिलो र दोस्रो चरणको लहरमा संक्रमणको केन्द्रविन्दु बनेको वीरेन्द्रनगर उपत्यका पुनः कर्णाली प्रदेशमा कोरोनाको ‘हटस्पट’ बन्ने खतरा बढेको हो । पछिल्ला दुई दिनको तथ्याङ्क हेर्दा परीक्षण गरिएकामध्ये झण्डै ६२ …

६५ हजार नाघे सक्रिय संक्रमित, २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको नमुना परीक्षण भएको थियो । …

काठमाडौंमा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित

काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको अभाव भएपछि बुस्टर डोज कार्यक्रम स्थगित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले भेरोसेल खोप मौज्दात कम भएकाले केही दिनका लागि भेरोसेल बुस्टर डोज अभियान बन्द गरिएको बताए । 

काठमाडौं  जिल्लामा करिब २६ लाख …

मध्यपश्चिम विश्वविद्यालयले रोक्यो परीक्षा

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ। परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ।

परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा …

भारतमा कोभिडबाट पछिल्लो २४ घन्टामा ७०३ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३.४७ लाख नयाँ संक्रमित भेटिएका छन् ।

बिहिबारको तुलनामा शुक्रबार भेटिएका नयाँ संक्रमितमा ९ प्रतिशतको वृद्धि भएको छ जबकी संक्रमितको दर १६.४१ प्रतिशतले बढेर १७.९४ प्रतिशत भएको छ ।

यसबाहेक पछिल्लो २४ घण्टमा ७०३ जनाको …

माघ ७ देखि सार्वजनिक स्थलमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य

सरकारले माघ ७ गतेदेखि सार्वजनिक स्थलहरूमा हिँडडुल गर्दा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने नियम लागू गर्ने भएको छ।

सिसीएमसीले पनि यो नियम कडाइका साथ कार्यान्वयनमा ल्याउन सरकारलाई सिफारिस गरेको थियो।

गृह मन्त्रालयमा मंगलबार बसेको बैठकले माघ ७ देखि …

माघको दोस्रो साता दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रो साता कोरोना संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण गरेको छ। 

मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले माघको दोस्रो साता दैनिक …