Skip to main content

नेपाल मामिला हेर्ने भारतीय उच्च अधिकारी किन आए काठमाडौं ?

भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी मंगलबार काठमाडौँ आएका छन्। भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने अनुराग श्रीवास्तव मंगलबार काठमाडौँ आएका हुन्।

भारतको लगानीमा नेपालमा सञ्चालित परियोजनाको अनुगमन बैठकमा सहभागी हुन उनी नेपाल आएको जनाइएको छ । अमेरिकाको न्यूयोर्कमा …

पाकिस्तानले बालबालिका लक्षित कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने

पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्षित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।  योजनामन्त्री असद उमारले  मङ्गलबार उक्त घोषणा गरेका हुन् । हाल पाकिस्तानमा कोरोना सङ्क्रमणबाट हुने मृत्युमा कमी आएको छ।  मन्त्री उमारले ट्वीट …

उत्तर कोरियाले फेरि प्रहार गर्‍यो जापानको समुद्रमा मिसाइल

उत्तर कोरियाले जापानको समुद्रमा फेरि मिसाइल (प्रोजेक्टाइल) प्रक्षेपण गरेको छ । उत्तर कोरियाले कम्तीमा एउटा प्रोजेक्टाइल जापानको समुद्रतर्फ प्रहार गरेको दक्षिण कोरियाको सैनिकले जनाएको छ ।

पूर्वी समुद्रका रुपमा समेत चिनिने जापानको समुद्रमा उत्तर कोरियाले प्रहार गरेको मिसाइल मंगलबार बिहान …

जर्मनीमा आज निर्वाचन, १६ वर्षपछि नयाँ नेतृत्व आउने

जर्मनीमा आइतबार सर्वसाधारणहरूले संघीय निर्वाचनमा मतदान गर्दैछन् । पछिल्लो १६ वर्षमा पहिलोपटक जर्मन चान्सेलर एन्जेला मर्केल उम्मेदवार बनेकी छैनन् ।

त्यसैले कुन पार्टी जित्छ र को चान्सेलर बन्नेछ भनेर अनुमान लगाउन मुस्किल छ । कुनै पार्टीले स्पष्ट बहुमत ल्याउँछ वा …

तालिबानका संस्थापकले भने- हातखुट्टा काट्ने सजाय फेरि लागू गर्नुपर्छ

इस्लामिक कट्टरपन्थी समूह तालिबान अहिले अफगानिस्तानको सत्तामा छ । र, यस समूहका संस्थापकमध्येका एक मुल्लाह नोरुद्दिन तुराबीले कडा इस्लामिक कानून लागू हुने बताएका छन् । उनले अपराधीको हातखुट्टा काट्ने सजाय फेरि लागू गर्नुपर्ने बताए । ‘सुरक्षाका लागि हात काट्नु निकै …

भारतमा नेपाली बालिका बलात्कार गर्ने युवालाई फाँसीको सजाय

भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिकामाथि बलात्कार गर्ने एक युवालाई भारतको अदालतले फाँसीको सजाय सुनाएको छ ।

चार बर्षीया सौतेली बहिनीलाई बलात्कार गरेको आरोपमा पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ बर्षीय युवालाई …

अमेरिकाको संसद भवनमा आक्रमण : ट्रम्पका सहयोगिमाथि मुद्दा दर्ता

एजेन्सी। अमेरिकाको संसद भवन ‘क्यापिटोल हिल’ मा भएको दंगामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीहरुमाथि मुद्धा दर्ता भएको छ।

गत जनवरी ६ तारिखमा संसदले राष्ट्रपति चुनावको नतिजा प्रमाणिकरण गर्ने बेला प्रदर्शनकारीहरुले क्यापिटल भवनमा आक्रमण गरेका थिए।

उनीहरुले संसद भवन केही बेर …

तालिबान सरकार बनेपछि सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ ।

विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने सुनिश्चित गराउन भन्दै पाकिस्तानले नेपाललाई प्रश्न गरेपछि सोबारे प्रस्ट हुन नसकेपछि अन्तिम समयमा आएर बैठक स्थगन भएको हो …

आफ्नै देशको आलोचना गर्दै हाइटीका लागि अमेरिकी राजदूतले दिए राजीनामा

आफ्नै मुलुकको आलोचना गर्दै हाइटीका लागि अमेरिकी विशेषदूतले राजीनामा दिएका छन्। 

हाइटीका आप्रवासीलाई अमानवीय तरिकाले डिपोर्ट गरिएको भन्दै विशेषदूत डेनियल फुटले राजीनामा दिएका हुन्। 

टेक्ससस्थित मेक्सिकोको सीमावर्ती क्षेत्रमा हाइटीसहितका करिब १३ हजार आप्रवासी जम्मा भएका थिए। गत सातादेखि अमेरिकाले तिनलाई …

एनआरएन चुनाबमा कूल आचार्यको टीमलाई कांग्रेसको समर्थन

नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा कूल आचार्यलाई समर्थन गर्ने भएको छ । आज राजधानीमा बसेको कांग्रेस पदाधिकारी बैठकले आचार्यलाई समर्थन जनाउने अनौपचारिक निर्णय गरेको हो ।

बैठकमा कांग्रेसको जनसम्पर्क विभाग प्रमुख गोविन्द भट्टराईले एनआरएन चुनावको विषय प्रवेश गराएका …