Skip to main content

काठमाडौँको नयाँ बसपार्कमा सामूहिक बलात्कार, ७ जना पक्राउ

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा ९ जना युवाहरूले एकजना युवतीलाई सामूहिक बलात्कार गरेका छन् । बलात्कारमा संलग्न ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले बताए ।

पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ …

बाथरूममा बेहोस भएका काठमाडौं मोडल कलेजका विद्यार्थीको मृत्यु

बागबजारस्थित काठमाडौं मोडल कलेजका एक विद्यार्थीको मृत्यु भएको छ। सोमबार दिउँसो नुहाउन गएका रौतहटका १८ वर्षीय सुशील सहनी बाथरूममै बेहोस भएका थिए। उनी कलेजको होस्टेलमा बस्थे।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसपी दिनेशराज मैनालीका अनुसार दिउँसो ३र४ बजेतिर अस्पताल …

क्रिकेट रङगशाला निर्माणबाट पछि हट्यो धुर्मुस सुन्तली फाउण्डेशन

चितवन, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउण्डेशनले …

कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्य खुल्लातर्फको मत गणना सुरु हुँदैछ ।

खुल्लातर्फ ३५ जनाको मतगणना आज बिहान १० बजेदेखि सुरु हुने पार्टीको निर्वाचन समितिले जनाएको छ । सभापतिसहित १३ पदाधिकारीको नतिजा आइसकेको छ ।…

बुद्ध एयरकाे जहाज भरतपुरमा आपतकालीन अवतरण

बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएपछि भरतपुरबाट काठमाडौं उड्न लागेको जहाज आपत्कालीन अवतरण गरिएको छ।

भरतपुरबाट उडान भरेको केहीबेरमै बायाँ इन्जिनमा प्राविधिक समस्या भएपछि फेरि भरतपुरमै स(कुशल अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरका सूचना अधिकारी दीदेन्द्र कर्णका अनुसार …

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाण्डौमा सुुरु हुँदैछ ।

महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले जनाएको छ । उद्घाटन कार्यक्रममा मुख्य दलका …

काँग्रेस महाधिवेशन : सात प्रदेशमा कति भोट ? (सूचीसहित)

प्रारम्भिक मतदाता ४३१९, बागमतीमा सबैभन्दा बढी

नेपाली काँग्रेस शुक्रबारदेखि सुरु हुने १४ औँ महाधिवेशनमा होमिएको छ । देशभरबाट महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भइसकेको छ । महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि काँग्रेसभित्र रस्साकस्सी चर्किँदो छ ।…

रुकुम बस दुर्घटनाका मृतकको सनाखत

सुर्खेत । गत राति रुकुम ( पश्चिम ) मा बस दुर्घटना भइ मृत्यु भएका एक जना व्यक्तिको प्रहरीले मंगलबार सनाखत गरेको छ ।  सोमबार जिल्लाको मुसिकोट नगरपालिका–२ स्थित रातामाटा भन्ने स्थानमा रा १ ख २१०९ नम्बरको बस दुर्घटना हुँदा एक …

काँग्रेस बागमती अधिवेशन अपडेट : १५ सय मत खस्यो

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिवेशनमा सभापतिको लागि दोस्रो चरणको मतदान जारी छ । शनिबार भएको मतदानमा सभापतिका उम्मेदवारहरू कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आइतबार पुनः इन्द्र बानियाँ र जगदीश्वर नरसिंह केसीबीच चुनाव भएको हो ।…

परिवार नियोजनको अध्यक्षमा हिमालयलाल कसजु

दैलेख : नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा हिमालयलाल कसजु निर्वाचित भएका छन् । दाङमा सम्पन्न ४१ औँ केन्द्रिय सभाबाट कसजु अध्यक्षमा निर्वाचित भएका हुन् । कसजु २३ मत पाएर अध्यक्षमा निर्वाचित भए भने उनका प्रतिष्पर्धी दिवाकरबर श्रेष्ठले १६ मत …