मौसम पूर्वानुमान : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको छ।
जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिक देखि सामान्य बदलीको रहेको जनाएको छ। बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ।
देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षाका कारण उक्त स्थानहरुका पहाडी भू-भागमा भू९क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
