आजको पञ्चाङ्ग एवम् राशिफल
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ हेमन्त ऋतु वि.सं. २०७८ पौष ६ गते मंगलबार तद्अनुसार सन् २०२१ दिसम्बर २१ तारिख पौष कृष्णपक्ष द्वितीया तिथि १३ः५ पर तृतीया तिथि पुनर्वसु नक्षत्र ब्रम्हा योग वणि करण आनन्दादिमा स्थिर योग चन्द्रमा मिथुन राशिमा १४ः४८ बजेसम्म त्यसपछि कर्कट राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः५२ मा र सूर्यास्त साँझ १७ः१२ मा हुनेछ ।
आजको राशिफल
मेष – मिठो भोजन प्राप्त हुनेछ जीवनमा सुख शान्ति बढ्नेछ । सार्वजनिक कार्यमा सफलता प्राप्त हुनेछ । नियमित कर्ममा प्रवृत्ति बढ्नेछ । सुख र सफलता प्राप्त हुनेछ । आर्थिक कर्ममा प्रवृत्त रहनुहुनेछ । रोकिपुरानो समस्याले केही झमेला दिन सक्छ । एको काम बन्नुका साथै विविध कार्यक्रममा सहभागी हुनुहुनेछ । आँट साहस उत्साह थपिनेछ । बौद्धिक र सृजनात्मक काम होला । रोकिएको काममा सफलता हासिल हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफूतिर अरुलाई तान्ने क्षमता बढ्नेछ ।
वृष – थोरै उपलब्धिका लागि पनि धेरै मिहेनत गर्नुपर्ला । नचिताएको ठाउँमा धन खर्च गर्नुपर्ला । नयाँ सम्भावना देखापर्ने छ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै सुख शान्ति समृद्धि पनि प्राप्त हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । मान सम्मान बढ्ला । विजय प्राप्त हुनेछ ।
मिथुन – शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नुपर्ला । प्रेममा सफलता प्राप्त हुनेछ । सुख प्राप्त हुनेछ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । रचनात्मक र बौद्धिक क्षमता बढ्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ ।
कर्कट – लगनशीलताले राम्रै उपलब्धि दिलाउला । लगानीको अवसर जुट्न सक्छ, मौका चुक्न नदिनुहोला । व्यस्तता बढ्नेछ । ऋण रोग र शत्रुप्रति ध्यान राख्नुपर्नेछ । मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हीतकर रहला ।
सिंह – सेवामूलक कार्यबाट धनलाभ होला । टाढाका साथीभाइसँग सम्बन्ध जोडिएला । मिठो भोजन प्राप्त हुनेछ । प्रेममा सफलता हासिल हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख बढ्नेछ । खर्चमा कमी आउनेछ । हासविलासमा रुचि बढ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । समस्याको समाधान मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।
कन्या – इर्ष्या गर्नेले दुःख दिन सक्छन् । मिहीनेतले सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यबर्द्धक काममा प्रवृत्त रहनु हितकर हुनेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । भागदौड बढ्ला । ख्याति फैलिनेछ । व्यस्तता बढ्नेछ ।
तुला – आम्दानी बढाउने कार्य शुरु होला । अरुको मुख ताक्ने बानीले धोका दिन सक्छ । अप्रिय समाचार सुन्नुपर्ला । आशा उत्साह भने बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । शारीरिक र आर्थिक काममा प्रगति होला । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ ।
वृश्चिक – भौतिक प्रतिष्पर्धामा अरुलाई उछिन्नुहुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । मान महत्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ऐश्वर्य अभिवृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । दूरदेशबाट शुभ समाचार सुन्नु हुनेछ ।
धनु – अरुको भर पर्दा धोका मिल्न सक्छ । सहयोगीहरूले लाभ दिलाउने छन् । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उन्नति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।
मकर – अरुको सुझावमा भर नगर्नु उत्तम होला । आयआर्जन बढ्ला । यात्रमा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला । मिठो भोजन मिल्नेछ । शुभ काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।
कुम्भ – कार्ययोजना गोप्य नै राख्नुहोला । मिहेनतले काममा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । समस्याको समाधान मिल्नेछ । यात्रा होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछौ ।
मीन – रोकिएका कार्यमा पुनः प्रयत्न गर्दा शुभ रहनेछ । स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । खर्च बढ्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । शत्रुलाई जित्ने क्षमता बनिरहला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । रसरागमा आकर्षण बढ्नेछ । सुखको बस्तुमा खर्च बढ्ला । आफन्तको सहयोग प्राप्त होला । जीवनसाथीको साथ पाउन विशेष कोशिस गर्नुपर्ला ।
