सुन प्रतितोला ९९ हजार पाँच सय, कति पुग्यो चाँदीको भाउ ?
बुधबार सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९७
हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय ३८ अमेरिकी डलरमा कोरोबार भइरहेको छ।
