घट्यो सुनको मूल्य
स्थानीय बजारमा सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक लाख ६८ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार १०० रूपैयाँमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँच बढेको छ। आज चाँदी प्रतितोला एक हजार ९८५ रूपैयाँमा किनबेच हुनेछ।
