काबुल विमानस्थलबाहिर विस्फोट, क्षतिको विवरण आउन बाँकी
अफगानिस्तानको काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट भएको अमेरिकी अधिकारीहरुले बताएका छन्।
तालिबानले सत्ता कब्जा गरेपछि अन्य मुलुकले सोही विमानस्थलबाट आआफ्ना नागरिकको उद्दार गरिरहेका छन्।
‘काबुल विमानस्थलबाहिर विस्फोट भएको हामी पुष्टि गर्न सक्छौँ। कति क्षति भयो, अहिले स्पष्ट छैन,’ अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले भनेका छन्।
बेलायतलगायतका मुलुकले विमानस्थलमा आतंकवादी हमला हुनसक्ने चेतावनी दिँदै आएका थिए।
सो विमानस्थलमा अफगानिस्तान छाडेर भाग्न चाहने नागरिकहरुको भीड लागेको छ।
तालिबानले भने त्यहाँ नजान मानिसहरुलाई चेतावनी दिएको छ।
