बार्सिलोनामा जेम्सीको धमाकेदार प्रस्तुति

बार्सिलोना (स्पेन)। स्पेनमा बस्ने नेपाली समुदायले लामो समयदेखि प्रतीक्षा गरेको सांगीतिक महाधमाका यही २२ सेप्टेम्बर २०२५, आइतबार बार्सिलोनामा हुने भएको छ। कार्यक्रममा लोकप्रिय गायक जेम्सी ले आफ्ना चर्चित हिट गीतसहित धमाकेदार प्रस्तुति दिने भएका छन्।
यस विशेष कार्यक्रमको आयोजना एपीआई इभेन्टोस ले गरेको हो। आयोजक समितिमा प्रवीण सिंह, हेम मल्ल, भरतजंग शाही र क्षितिज केसी रहेका छन्।
कार्यक्रमको आकर्षणलाई झन् उचाइमा पुर्याउने जिम्मेवारी प्रतिभाशाली होस्ट दीपिका श्रेष्ठ र ऊर्जावान् दिषान्त पौडेलले सम्हाल्नेछन्। आफ्नो प्रस्तुतिको कौशल र जोशपूर्ण शैलीले उनीहरूले दर्शकलाई लगातार उत्साह र उमंगमा राख्ने विश्वास गरिएको छ।
साथै, स्थानीय कलाकार कृष्ण धनुक पनि आफ्नो प्रस्तुति लिएर स्टेजमा आउँदैछन्, जसले कार्यक्रमलाई अझै धमाकेदार बनाउनेछ।
सांगीतिक कार्यक्रम Colors Club, La Rambla, 33, Ciutat Vella, Barcelona मा राति १०:३० बजे सुरु भई बिहान ५ बजेसम्म चल्नेछ। प्रवेश शुल्क २५ युरो तोकिएको छ।
आयोजक समितिको भनाइमा , यो केवल मनोरञ्जन मात्र होइन, आफ्नै कलाकारसँग भेट्ने र नेपाली कला–संगीतको स्वाद चाख्ने दुर्लभ मौका हो। यसलाई ‘जेनजि सबै मिलेर’ सफल बनाउन सबैको साथ अपेक्षित छ।
दर्शकहरूले टिकट FiestaYatra.com मार्फत अनलाइन खरिद गर्न सक्नेछन्। साथै कार्यक्रममा राखिएको QR कोड स्क्यान गरेर पनि टिकट सजिलै लिन सकिनेछ। अनलाइन टिकट खरिद गर्नुपर्ने अन्तिम समय २२ सेप्टेम्बर राति १० बजे सम्म हुनेछ।