हङकङ विश्वको आठौँ सुरक्षित सहर
हङकङ विश्वको आठौँ सुरक्षित सहरमा परेको छ। दि इकोनोमिस्ट इन्टेलिजेन्सले जारी गरेको सुरक्षित सहरको सूचीमा पहिलो स्थानमा भने डेनमार्कको कोपेनहेगन पर्न सफल भएको छ।
विश्वका पाँच महादेशका ६० सहरलाई सूचीकृत गर्दा दोस्रो स्थानमा टोरन्टो र तेस्रो स्थानमा सिंगापुर छन्।
यसअघि २०१९ मा हङकङ २० औँ स्थानमा थियो। त्यसबेला हङकङमा सरकारविरोधी प्रदर्शन चर्किएको थियो।
यसपटक पनि व्यक्तिगत तथा वातवरणीय सुरक्षमा भने हङकङ कमजोर देखिएको छ। पूर्वाधारमा पहिलो र स्वास्थ्य सुरक्षमा तेस्रो स्थानमा हङकङ छ।
अघिल्लो पटक टोक्यो, सिंगापुर र ओसाकाले शीर्ष तीन स्थान ओगटेका थिए। यसपटक सिड्नी चौथो र टोक्यो पाँचौ स्थानमा झरेका छन्।
रिपोर्टमा कोरोना महामारीका कारण सहरी सुरक्षाको अवधारणा नै पूर्ण रुपमा बदलिएको उल्लेख छ। एससीएमपी
