अफगानिस्तानमा तालिबनले कहिले बनाउँछ सरकार ?
अफगानिस्तानमाथि कब्जा जमाएको तालिबानले अहिलेसम्म सरकार बनाएको छैन । तालिबानले कहिले सरकार बनाउँछ र त्यसको नेतृत्व कसले गर्छ भन्ने विषयलाई विश्वभरबाट चासोका साथ हेरिएको छ ।
तालिबानले नयाँ सरकारको घोषणालाई एक हप्ताका लागि स्थगित गरेको अन्तर्राष्ट्रिय रञ्चारमाध्यमले जनाएका छन् ।
उसोभए सरकारको नेतृत्व कसले गर्छ छ । बीबीसीका अनुसार तालिबानका सह-संस्थापक मुल्ला अब्दुल गनी बरदारले नयाँ सरकारको नेतृत्व गर्ने सम्भावना बढी छ ।
तालिबानले काबुलस्थित विमानस्थल पुनः खुलाउन प्रयास गरिरहेको छ । घरेलु उडा सुरु भएको समाचारहरू आउन थालेका छन् ।
