सुनको भाउ ह्वात्तै बढ्यो : तोलाको कति पुग्यो ?
नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ। छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ पुगेको छ। हिजो छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ थियो।
यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य आज ९० हजार ७०० पुगेको छ। हिजो ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ। प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।
