उत्तर कोरियाद्वारा पूर्वी सागरमा दुई ब्यालिस्टिक मिसाइल हानेको पुष्टि
एजेन्सी। उत्तर कोरियाले पूर्वी सागरमा दुई ब्यालिस्टिक मिसाइल हानेको जेसीएसले पुष्टि गरेको छ। उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको संयुक्त सेना प्रमुख जेसीएसले पुष्टि गरेका हुन्।
जेसीएसले एक अज्ञात प्रक्षेपण फायर गरेको पहिले नै घोषणा गरेका थिए। जापानी कोस्ट गार्डले पनि एउटा वस्तु निकालिएको र यो ब्यालिस्टिक मिसाइल भएको हुन सक्ने योनहाप न्यूजले जनाएको छ।
ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणले उत्तरको परमाणु गतिविधिहरुलाई रोक्नको लागि डिजाइन गरिएको संयुक्त राष्ट्रको प्रस्तावहरुको उल्लघन गर्दछ। दक्षिण कोरिया र जापानले थप विवरण दिएका छैनन्।
ब्यालिस्टिक मिसाइल हान्नु केही दिनअघि उत्तर कोरियाले लामो दूरीको क्रूज मिसाइल जापानको धेरै ठाउँमा प्रहार गर्न सक्ने गरि परीक्षण गरेको थियो।
