चीनमा गयो शक्तिशाली भूकम्प
एजेन्सी। चीनको सिचुआन प्रान्तमा बिहीबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ। विहान ४ बजेर ३३ मिनेट जाँदा गएको भूकम्पबाट दुई जनाको मृत्यु भएको छ भने ६० जना भन्दा बढी घाइते भएका छन्।
घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।
भूकम्पले केही घरहरुमा क्षति पुर्याएको छ। सिचुआन प्रान्तको राजधानी छङ्ग्दूदेखि २ सय किलोमिटर दक्षिण पूर्वमा भूकम्पको केन्द्र रहेको जनाइएको छ।
