वैज्ञानिकहरूले बनाए आँखाको मोतियाविन्दु रोक्ने गोली
वैज्ञानिकहरूले मोतियाविन्दु हुनबाट रोक्नका लागि आँखामा राख्न मिल्ने गोली विकसित गरेका छन् ।
शल्यक्रिया नगरिकनै मोतियाविन्दुलाई रोक्न पनि उक्त गोली प्रभावकारी हुनेछ ।
आँखामा क्याल्सियमको स्तरलाई कम गरेर उक्त गोली राख्न मिल्ने अपेक्षा छ । अहिले यसको मानव परीक्षण भइरहेको छ ।
मोतियाविन्दु भनेको आँखाको नानीलाई बादल जस्तो कुराले ढाक्ने रोग हो । त्यसले दृष्टि धमिलो हुँदै जान्छ र उपचार नगरिएमा मानिस अन्धो हुन्छ ।
प्रायः उमेर बढेसँगै मोतियाविन्दुको समस्या आउन थाल्छ । शरीरका फ्री र्याडिकल र एन्टीअक्सिडेन्टबीचको असन्तुलनका कारण मोतियाविन्दु हुन्छ ।
अत्यधिक धूम्रपान, मदिरा सेवन र शरीरमा रसायनको मात्राका कारण शरीरमा फ्री र्याडिकल बन्छन् ।
मधुमेह तथा लामो समयसम्म शक्ति बढाउने औषधिको सेवनले पनि मोतियाविन्दु हुन्छ ।
मोतियाविन्दुको शल्यक्रिया आधा घन्टामा सकिन्छ ।
