उकालो लाग्न थाल्यो सुनको मूल्य : तोलाको कति पुग्यो ?
आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ।
सोमबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोलामा १०० रुपैयाँले बढेको हो। महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ रहेको छ। यस्तै चाँदीको मूल्य पनि बढेको छ।
सोमबार १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ।
