Skip to main content

कस्तो रह्यो आजको सेयर बजार, सबभन्दा धेरै कमाउने ५ कम्पनी कुन हुन्?

बिहीबार ओरालो लागेर बन्द भएको सेयर बजार आइतबार खुल्दा पनि ओरालो नै लागेको छ। आइतबार परिसूचक ११.६० अंकले घटेर २७५७.५३ कायम भएको छ। 

आज पनि थुप्रै कम्पनीहरूको मूल्य कम भएको छ। कारोबार भएका कम्पनीमध्ये आज ६२ वटाको मात्र मूल्य बढेको छ। ११५ कम्पनीको मूल्य कम भएको छ भने १० कम्पनीको मूल्य स्थिर छ।

आज अंकसँगै कारोबार रकम पनि घटेको छ। बिहीबार ६ अर्ब २७ करोड बढीको कारोबार भएको थियो भने साताको पहिलो दिन आज आइतबार ४ अर्ब ३५ करोड हाराहारीको मात्र सेयर किनबेच भएको हो।

हेर्नुहोस् आज सबभन्दा धेरै कमाउने पाँच कम्पनीहरू

नारायणी विकास बैंकः १०.०० प्रतिशत

मानुषी लघुवित्तः १०.०० प्रतिशत

कर्पोरेट विकास बैंकः ८.०० प्रतिशत

हिमाल दोलखा हाइड्रोपावर कम्पनीः ६.४० प्रतिशत

शिवश्री हाइड्रोपावरः ४.१९ प्रतिशत

आज सबभन्दा धेरै गुमाउने पाँच कम्पनीहरूः

तेह्रथुम पावरः -४.२१ प्रतिशत

आइसिएफसी फाइनान्सः -३.८९ प्रतिशत‍

प्रिमियर इन्स्योरेन्सः -३.६१ प्रतिशत‍

नेसनल माइक्रोफाइनान्सः -३.२८ प्रतिशत

मैलुङ खोला जलविद्युतः ३.२८ प्रतिशत

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: