गैरआवासीय नेपाली संघ स्पेनको नयाँ कार्यसमिति चयन सम्पन्न
स्पेन । गैरआवासीय नेपाली संघ (NRNA) स्पेनको नवौं राष्ट्रिय महाधिवेशनमार्फत आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। निर्वाचन प्रक्रियामा कुनै प्रतिस्पर्धा नभएपछि सबै पदाधिकारीहरू निर्विरोध रूपमा निर्वाचित भएका हुन्।

निर्वाचन समिति संयोजक सन्दिप मोहन भट्टराईका अनुसार उम्मेदवारी फिर्ता प्रक्रियापछि अन्तिम नामावली सार्वजनिक गरिएको हो।

- अध्यक्ष: शन्तोष श्रेष्ठ
- बरिष्ठ उपाध्यक्ष: सुरेन्द्र थापा
- उपाध्यक्ष (खुल्ला): जमुना देवी सापकोटा
- उपाध्यक्ष (खुल्ला) दीपक बस्नेत
- महिला उपाध्यक्ष: मालती पन्त
- महासचिव: नविन घिमिरे
- उप–महासचिव: सुभाष बहादुर बिष्ट
- सचिव: गणेश राज अधिकारी, प्रविन सिंह
- कोषाध्यक्ष: नारायण प्रसाद सुबेदी
- सह–कोषाध्यक्ष: सुभाष खड्का
- महिला संयोजक: लक्ष्मी घिमिरे (सत्यदेबी)
- युवा संयोजक: दिपिका श्रेष्ठ
- युवा उप–संयोजक: प्रलाद कार्की
- सदस्यहरू: मोहन राज गौतम, चन्द्रकान्त पोखरेल, हिम्सागर कार्की, विष्णु बहादुर सार्की, सम्वर बहादुर गिरि
साथै , प्रस्तावित आइ सी सी सदस्य रोशन पाठक
NRNA स्पेनका अध्यक्षमा निर्विरोध रूपमा चयन हुनुभएको शन्तोष श्रेष्ठले “सर्वसम्मतिका भावनाले र एकताको आधारमा नयाँ कार्यसमिति गठन हुन पाउँदा अत्यन्तै खुशी लागेको” प्रतिक्रिया दिनुभयो। उहाँले आगामी कार्यकालमा स्पेनस्थित नेपाली समुदायका हित, अधिकार तथा सामाजिक विकासका क्षेत्रमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष पेशल कोइरालाको सरल स्वभाव, महासचिव सुन्दर रानाभाटको बौद्धिक क्षमता र टिमका अथक प्रयासहरूको कारण यो सफलता सम्भव भएको समाजका अनुभवी अगुवाहरूले बताएका छन्।
अधिवेशनको औपचारिक उद्घाटन समारोहमा सम्पूर्ण निर्वाचित कार्यसमितिले सपथ ग्रहण गर्ने र भावी योजनाहरूको प्रस्तुति गर्ने कार्यक्रम तय भएको जानकारी शन्तोष श्रेष्ठले दिनुभयो।


