सर्वसम्मत सचिव चयन, प्रवासमा सक्रिय समाजसेवी तथा व्यवसायी :प्रविन सिंह
स्पेन । गैरआवासीय नेपाली संघ (NRNA) स्पेनको नवौं राष्ट्रिय महाधिवेशन सफलता पूर्वक सम्पन्न भएको छ। उक्त महाधिवेशनबाट प्रविन सिंहलाई सचिव पदमा सर्वसम्मत रूपमा चयन गरिएको छ। संघप्रति दीर्घकालीन योगदान, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई उच्च मूल्याङ्कन गर्दै उनलाई सचिवको जिम्मेवारी दिइएको हो।
सिंहले करीब १० वर्षदेखि NRNA स्पेनमा विभिन्न भूमिकामा रही काम गर्दै आएका छन्। वैचारिक सदस्यता हुँदै युवा सह-संयोजक र अन्य पदमा सक्रिय रहँदै संघमा निरन्तरता दिएका उनले प्रवासी नेपालीहरूको हक, हित र समस्या समाधानमा समर्पित भएर काम गर्दै आएका छन्।
सामाजिक भूमिकासँगै उहाँ विगत ४/५ वर्षदेखि स्पेनमै आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। व्यवसायमार्फत आत्मनिर्भरता स्थापित गर्नुका साथै स्पेनस्थित नेपाली समुदायसँग सधैं समन्वयमा रहँदै सेवा पुर्याउँदै आएका छन्।
उहाँले निर्वाचन समिति, समन्वय समिति, निवर्तमान कार्यसमिति, संघ-संस्था, साथीभाइ र सम्पूर्ण स्पेनवासी नेपाली समुदायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा कार्यसमितिसँग सहकार्य गर्दै प्रवासी नेपालीहरूको पक्षमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाएका छन्।
