बालेनले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि नेताहरूसँग सघन भेटघाट सुरु गरे
काठमाडौं, । काठमाण्डाैं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका नेताहरू, युवा प्रतिनिधिहरू, सामाजिक अभियन्ता र प्रभावशाली व्यक्तित्वहरूसँग सघन भेटघाट तथा छलफल अभियान सुरु गरेका छन्।
बालेनले पछिल्लो बिभिन्न समयमा पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछाने, राप्रपा नेता ज्ञानेन्द्र शाही, जनमत पार्टी अध्यक्ष सीके राउत, नेपाली कांग्रेसका नेता सुनिल शर्मा , युवा नेताहरू र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूसँग अलग-अलग बैठक गरेका छन् बैठकमा आगामि निर्बाचनको समिकरण बारे चर्चा भएको श्रोतले जनाएको छ ।
