बालानन्द शर्माले लिए शपथ, परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाले
काठमाडौं, ११ पुस २०८२ — प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारद्वारा पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै परराष्ट्र मन्त्रिको रूपमा बालानन्द शर्मा लाई नियुक्ति गरिएको छ।
शर्माले आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री, उपराष्ट्रपति, प्रमुख न्यायाधीश र अन्य उच्च सरकारी अधिकारीहरूको उपस्थित थिए।
बालानन्द शर्मा नेपाली सेनाका पूर्व लेफ्टिनेन्ट जनरल हुन्। उनी सेनामा करिब ३९ वर्ष सेवा गरेर सेवानिवृत्त भएका हुन्। सेनामा कार्यरत रहँदा उनले शान्ति प्रक्रियामा सक्रिय भूमिका खेलेका थिए। कोभिड‑१९ महामारीका दौरानमा उनले कोभिड संकट व्यवस्थापन समिति (CCMC) को नेतृत्व पनि गरेका थिए।
शर्माले पदभार ग्रहण गर्दै भनेका छन् देशको अन्तर्राष्ट्रिय छवि मजबुत बनाउन, छिमेकी र मित्र राष्ट्रसँग सहकार्य सुदृढ गर्न कार्य गर्नेछु।
यस नियुक्तिसँगै मन्त्रिपरिषद् १५ सदस्यीय बनेको छ। यो सरकार आगामी फागुन २१, २०८२ को आम निर्वाचन को तयारीमा पनि केन्द्रित रहने बताइएको छ ।
