त्रिपुरेश्वरमा यात्रुबाहक बसमा आगलागी, चालक घाइते
काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि यात्रुबाहक बसमा आगलागी भएको छ।
त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा २५ वर्षीय चालक दावा लामा घाइते भएका छन्। घाइते लामालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ।
आगलागीको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको छ। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।
