अवकास लाहुरेको लगाम हस्तकलातिर
खेर गएको रुखको हाँगा र जराबाट भिमबहादुर शाहीले बनाएका विभिन्न जीव पंक्षी र जनावर मयूर, जरायो, गाई, चरा, सर्प तथा मान्छे आकृतिहरु ।
दैलेख । जागिरबाट अवकाश पाएका अधिकाँश व्याक्ति जीवनशैली मोजमस्ती र सुखसयलको हुन्छ । परन्तु जीवन दुःखको होइन,सुखमा विताउन चाहान्छन् । गाउँमै जन्मिएका व्याक्ति भएपनि शहरमा बसेर शालिन सभ्य जीवन विताउँछन् । तर दैलेखको दक्षिण गुराँस गाउँपालिका–४ गाईबान्नाका भिमबहादुर शाही भने शहरमा होइन । जन्मिएको थालथलोमा बसेर भारतीय लाहुरेको अवकाश जीवन सुन्दर प्राकृतिकसँग कला मिसाई खेर गईरहेका काठलाई हस्ताकलातिर उपयोग गरिरहेका छन् । सडक खन्दा जंगलमा खेर गईरहेका काठका हाँगा जरा बनाउने विभिन्न खाले मुर्ति बनाई हस्तकला प्रेमी बनेका छन् ।
उमेरले ६ दशक बसन्त पार गरीसकेको शाही बाल्यकाल देखी नै हस्तकलातिर रुची राख्ने हुनाले पछिल्लो समय अवकाशपछि हस्तकलातिर लागेका हुन् । जीवनको लामो समय भारतीय सेनामा बिताएका शाही अहिले कुहिएर खेर जाने काठमा विभिन्न जनावर र भगवानका मुर्ति बनाई रहेका छन् । शाहीलाई बाल्यकाल जीवन विताएका गाईवान्ना नै प्यारो लाग्ने गरेको छ । उनी भन्दछन, ‘मलाई यहीको माटो हावापानीले भारतीय लाहुरे बनायौं । यही भुमिलाई छोडन सक्दैन । शाहीका ‘छोराबुहारी लगाएत सबै परिवार सुर्खेतमा बस्छन्, भने पत्नी शाही पेन्सनकै पैसाले जीवन चलाएर गाईवान्नामाको प्राकृतिसँग मन बाँधिरहेका छन् ।
अवकाश भारतीय लाहुरेपछि खाली समय मनले बस्न नमोपछि बाल्यकालको रुची बुढेसकालमा पुरा गर्न लागेको छु,। मेरो काम श्रीमतिको पनि उत्तिकै योग्दान छ । सडकका छेउछाउमा र जंगलमा डोजेरले खनेर फालको काठ ल्याएर सहयोग गर्छिन, उनले भने ।
एक दशक अघि पातीकान्लामा ट्रयाक खोलिदा खुशी भन्दा शाही दुखित बढी थिए । सडकले वन फडानी गर्दा । सडक खन्दा वातावरण मुल्यांकन नगरिकन जथाभावी खन्दा सुन्दर प्राकृतिको विनाश गर्दा चित बुझेको थिएन । सानै छँदा यस्तै प्राकृतिक सँग हुर्किए । जुन रुखको हावापानी म बाँचे आज त्यसैको विनाश गर्दा किन चित्त नदुख्नु उनले प्रश्न गरे । मैले तीनै गुराँसका जंगल उजाडिदै गएपछि प्रेमले गर्दा नै सडक खन्दा मासिएका रुखका हाँगा, जरा, फेदबाटै विभिन्न आकृतिहरु बनाउन थालको हौं ।
खेर गएको रुखका जरा हाँगाहरु संकलन गरि मयूर, जरायो, गाई, चरा, सर्प तथा मान्छे लगाएतका आकृति दिने हस्तकला बनाएर दिन बिताउने गर्छन । घर नजिकै व्यक्तिगत लगानीमा शिवलिंग, साढेको मुर्ती स्थापना गरेका छन् । काठको हस्तकला बनाउन थालेपछि गाईवान्ना आउने अधिकाँश आन्तरिक र बाह्य पर्यटकमा भिमबहादुरकै हस्तकला सबैको नजरमा पर्ने गरेको छ । मैले यि मुर्ति विक्री लागि नभएर पर्यटक बढाउनका लागि बनाएका हुँ । खेर गईरहेका काठलाई प्रयोगमा ल्याई के गर्न सकिन्छ भनेर जंगलप्रति जनताको चासो बढाउनको लागि बनाएको हौं शाहीले थपे ।
काठका हस्तकलाले एकातिर आर्कषण बढाएको छ भने अर्कोतिर सिपको प्रचारप्रसार भएकोमा शाही खुशी छन् । हाम्रो समाजमा जाति विशेषले मात्र काम गर्ने अन्धविश्वासको पर्दा उघारी वर्गीय चेतना दिनको लागि मुर्ति बनाउने गरेको हौं । शाहीको काष्ठकलाले त्यो बाटो भएर हिड्ने जो कोहीलाई टक्क अडिएर तीनै आकृति अवलोकन बाध्य बनाउँछ । ‘यहाँ आउनेहरु केहिबेर बसेर मैले बनाएको आकृतिहरुसँग रमाउछँन्, फोटो खिच्छन्, मन पर्नेले खरिद गर्छन्’ शाहीले भने ‘व्यवसायिक रुपमा नभएकाले मुल्य यत्तिनै हो भनेर तोकेको छैन् ।’
आजभोली शाही काठमा भिन्न भिन्न आकृति कुदिरहेका छन् । कहिले घर छेउछाउ ढुंगा मिलाईरहेका भेटिन्छन् । शाहीको सोचले जरा, हाँगा, फेद दाउरा मात्र हैन कलाकृति लागि पनि प्रयोग गर्न सकिने सिपले सिकाई दिएको छ । गुराँसे बजारदेखि १५ मिनेटको दुरीमा रहेको शाहीको कलालाई थप मजवुद बनाउन गुराँस गाउँपालिकाले केही सहयोग गरेको उनी बताउँछन् । गुमनाम जस्तै यि कला भएका व्यक्तिहरुलाई सरकारले प्रविधिसँग जोडेर प्रर्वद्धनमा जोडदिए कसैलाई खेर गईरहेका काठहरु बेरोजगारलाई रोजगारी अवसर बन्ने सक्ने बुद्धिजिवीको ठम्याई रहेको स्थानीयबासी बताउँछन् । कलाको सम्मान गर्न सकेमात्र समृद्धिको सपनामा ईटा थपिने देखिन्छ ।








तस्विर : भक्तबहादुर शाही/दैलेख
