सल्यानमा गाडी दुर्घटना १२ जना घाइते, ३ जना गम्भीर
सुर्खेत । रुकुमपश्चिबाट नेपालगन्ज जाँदै गरेको यात्रुवाहक माइक्रो बस राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ आगरखोलास्थित दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । लु २ ख ५७३१ नम्बरको माइक्रोबस दुर्घटनामा परेको हो ।
घाइते सबैको उद्धार गरी प्रादेशिक अस्पताल तुलसीपुर लगिएको र त्यहाँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दामोदर केसीले बताए । ‘माइक्रोबसमा १६ जना यात्रु सवार थिए ।’ उनले भने,‘दुर्घटनाको थप अनुसन्धान भइरहेको छ ।’
