सुर्खेतमा जावाका माेटरसाइकल सार्वजनिक गर्दै एमपी माटाे हव
सुर्खेत । क्लासिक लिजेन्ड मोटरसाइकल उत्पादक जावाका उत्पादन सुर्खेतमा सार्वजनिक हुने भएको छ ।
नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले सुर्खेतकाे मुलपानी चोकमा जावा मोटरसाइकलको शोरूम स्थापना गरेकाे छ ।
जावालाई सुर्खेतमा एमपी माटाे हवले बिक्री वितरण गर्दैछ । केहि समय अगाडि कम्पनीले आफ्नो बिक्री नेटवर्क विस्तारको लागि डिलर माग गरेको थियो ।
एमपी माटाे हवका राेशन तिवारीले भने, ‘हाम्रा सबै ग्राहकहरू र यस क्षेत्र वरपरका ग्राहकहरूलाई कम्पनी तथा यसका सबै गुणस्तरीय सेवाहरूमा अधिकतम सुविधाजनक र किफायती पहुँचसहित थप लाभ पुर्याउने उद्देश्य राखेर पूर्ण रूपले सञ्चालित सुसज्जित नयाँ जावा शोरूम स्थापना गर्दैछाै ।’
उनका अनुसार मोटरसाइकल प्रेमीहरूले अब जावा, जावा फोर्टी-टु र फ्याक्ट्री-निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् तथा सुर्खेत र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’को लागि पहुँच प्राप्त गर्न सक्नेछन् ।
जावा यसअघि नै नेपालमा निकै कम समयमा लोकप्रिय भइसकेको छ र मोटरसाइकल प्रेमीहरूकाबीच एक राम्रो विकल्प बन्न पुगेको छ । यो नेपाली बजारमा अग्नि मोटो इंक बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा उपलब्ध भइसकेको छ ।
जावा एक प्रामाणिक र प्रतिष्ठित ब्रान्ड भएकोले यसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्दछ र उनीहरू नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरूले गर्दा सुर्खेतमा हाम्रा ग्राहकहरूबीच तत्काल हिट हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
एमपी माटाे हवले बुधबार जावाकाे शाेरूम शुभारम्भ गर्ने र साे अवसर पारेर साउन ३१ गते देखि बुकिंङ खुला गरिएकाे समेत बताइएकाे छ ।
