भारतमा ठूलो आतंकवादी हमला गर्ने तयारी भइरहेको आईबीको दाबी
अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि पाकिस्तानी ‘आईएसआई’ र उसका समर्थक चलमलाउन थालेको विषयमा विभिन्न खबर आइरहेका छन्।
यस क्रममा भारतको प्रमुख गुप्तचर एजेन्सी ९आईबी० ले जुन चेतावनी जारी गरेको छ, त्यसले आतंकवादी हमलाका लागि रचिएको ठूलो षड्यन्त्र पर्दाफास गरेको छ।
बम
त्यस षड्यन्त्रमा पाकिस्तान र अफगानिस्तानका आतंकवादी संलग्न छन्। हमलाका लागि समन्वयको जिम्मेवारी आईएसआईएसलाई दिइएको छ। आतंकवादी यस षड्यन्त्रलाई ‘सुसाइडल मिसन’ नाम दिइएको छ।
बम
योजनाअन्तर्गत आईएस खुरासन ‘आईएसकेपी’ का प्रशिक्षति लडाकुलाई भारत पठाइनेछ। उनीहरूले चारैतिरबाट आक्रमण गर्नेछन्। तिनलाई पहिलेदेखि भारतमा रहेका आतंकवादी संगठनका सदस्यले हतियार दिनेछन्। आतंकवादी हमला दक्षिणपन्थी नेता, हिन्दु मन्दिर, सुरक्षा बल र भीडयुक्त स्थानमा गर्ने योजना छ।
स्रोतका अनुसार अनुसन्धान एजेन्सीहरूले पछिल्ला दिनमा जम्मु(कस्मिर र कर्नाटकमा अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएसआईएसका सदस्यहरूलाई गिरफ्तार गरेका थिए। उनीहरूसँग बयान लिने क्रममा भारतका विभिन्न भागमा हमला गर्ने योजना बनिरहेको खुलासा भएको हो।
आईएसका जुन एकाइलाई यो हमलाको जिम्मेवारी दिइएको छ, ती पाकिस्तान र अफगानिस्तानमा आधारित छन्। यी एकाइ आक्रमण गर्न विशेषज्ञता प्राप्त छन्।
आईबीले सुरक्षा बललाई सचेत गराउँदै भनेको छ, ‘आईएसका सञ्चालक देशमा छन्। उनीहरूले आईएसका लडाकुलाई आवश्यक स्रोत साधन उपलब्ध गराउनेछन्। यसमा आर्थिक एवं हतियार सहयोग पनि पर्छन्।’
