अनुको सुन्दरता !
नायिका अनु शाह नेपाली चलचित्रमा केही बर्ष अगाडिसम्म चम्किएकी थिइन् । नायक निखिल उप्रेतीसँग चलचित्र ‘भैरव’मा काम गर्दा उनको चर्चा राम्रै थियो ।
तर, नयाँ नायिकाको आगमन बढ्दै जानु र अनुका चलचित्रले सफलता हात नपार्नुले, उनको करिअर सुस्ताउँदै गयो । अहिले उनी चलचित्रको पर्दामा देखिएकी छैनन् । तर, पनि सामाजिक संजालमा उनको सक्रियता पनि निकै बढेको छ ।
अनु नायक सविन श्रेष्ठको प्रेममा छिन् ।


