प्रेरक भनाइहरू
-अवसर पाएर तयार नहुनुभन्दा अवसर नपाइकनै तयार भएर बस्नु धेरै राम्रो हो । – व्हिटनी युंग
-नदेखिकन केही पनि नपिऊ र केही नपढीकन सही नगर । – स्पेनिस उखान
-केवल सोच्ने मात्र होइन, केही गरेर पनि हेर । – महाविर स्वामी
-प्रत्येकका उपदेश सुन तर तिमी भने थोरै मात्र उपदेश देऊ । – सेक्सपियर
-आफू कति सुत्छु भन्नेमा ध्यान नदेऊ, आफू कति टाढा जानुछ भन्नेमा विचार गरेर बढ । – कन्फ्युसियस
-सामान्य मानिस र योद्धामा मूलभूत अन्तर यही हुन्छ कि योद्धा सबै कुरालाई चुनौती जसरी लिन्छ तर सामान्य मानिस सबै कुरालाई वरदान या श्राप मान्छन् । – डोन जुआन
-कुनै कुरालाई बीउको रूपमा हेर्नु नै विद्वता हो । – लाओ-त्से
-प्रतिभाशाली मान्छेका विरूद्धमा सबै मूर्ख मान्छेहरू उचालिएका हुन्छन् । स्विफ्ट
-सबै किसिमको ज्ञानको लक्ष्य चरित्र निर्माण हुनुपर्दछ । – महात्मा गान्धी
-व्यावहारमा नउतारिएको ज्ञान नपचेको भोजन जस्तै हो । – साईबाबा
-आरामका जिन्दगी बिताएकाहरूलाई हाम्रो इतिहासले सम्झदैन । – थियोडोर रूजवेल्ट
-जीन्दगीमा चार चिज कहिल्यै नतोड्नु, भरोसा, वाचा, सम्बन्ध र हृदय, किनभने यिनिहरूले भाँचिदा धेरै आवाज त दिदैनन् तर पिडा दिन्छन् । – चार्ल्स
-जसले जीवनको एक घण्टा समय व्यर्थमा फाल्ने दुःस्साहस गर्दछ, उसले अझै जीवनको मूल्य पत्ता लगाएको छैन । – चार्ल्स डार्विन
-जो पढिरहन्छ, त्यो ठूलो तपस्वी हो । – उपनिषद
-शिक्षामा लगानी गर्नुभनेको मूलधन बढाउनु हो । – जय पृथ्वी बहादुर सिंह
-अभ्यास नगर्ने हो भने विद्या विष हुन्छ । – हितोपदेश
-अध्ययन गर्दा कहिल्यै मर्दिन भन्ने भावना राख, व्यवहार गर्दा भोली मर्छु भन्ने सम्झ । – आइसकोर
-कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन् । – विलियम शेक्सपियर
-मानव रोटी मात्रले बाच्न सक्दैन । – बाइबल
-सफलता अन्तिम हुदैन, असफलता घातक हुदैन । – विन्स्टन चर्चिल
-प्रेममा परेको बेला सबैजना कवि हुन्छन् । – प्लेटो
-असंभव भन्ने शब्द मेरो शब्दकोशमै छैन । – नेपोलियन बोनापार्ट
-काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समय हुन्न । – चाणक्य
-प्रत्येक मान्छे आफ्नो भाग्यको निर्माता आफै हो । – सैलस्ट
-जीवन बाँच्नका लागि होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ । – मार्सल
-रिस मूर्खताबाट पलाउछ र पश्चतापबाट टुंगिन्छ । – पाइथागोरस
-मित्रबाट बँच्नु, शत्रुसँग त जो पनि लड्न सक्छ । – नित्से
– सफलताको सूत्र पुस्तकमा होइन, निरन्तरको मेहनतमा हुन्छ । – अब्राहम लिंकन
