तालिबानको निमन्त्रणाप्रति चीनले दियो यस्तो जवाफ
तालिबानले अफगानिस्तानमा नयाँ सरकार घोषणा समारोहमा उपस्थितिका लागि चीनलाई निमन्त्रणा पठाएको सम्बन्धमा चिनियाँ विदेश मन्त्रालयले स्पष्ट जवाफ दिएन ।
केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले तालिबानले अफगानिस्तानमा नयाँ सरकार गठन कार्यक्रममा चीनसहित पाकिस्तान, रूस, टर्की, इरान तथा कतारलाई उपस्थितिका लागि निमन्त्रणा पठाएको समाचार प्रकाशन गरेका थिए ।
तर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनमिनले यसबारे पत्रकारहरूले सोधेकाे प्रश्नको स्पष्ट जवाफ दिएनन् ।
सोमबारकाे पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले नै यसबारे तपाईँहरूलाई जानकारी दिनका लागि मसँग केही छैन ।’
तर उनले अफगानिस्तानमा समावेशी सरकारको चीनको समर्थन गर्ने बताए । तालिबानले अफगानिस्तान कब्जा गरेको केही दिनपछि चीनले तालिबानसँग मित्रबत सम्बन्ध विकसित गर्ने चाहना व्यक्त गरेको थियो ।अफगानिस्तानमा तालिबानले गठन गर्ने नयाँ सरकारलाई विश्वभरबाट चासो साथ हेरिएको छ ।
