बहराइनले माग्यो नेपाली कामदार : मासिक तलब कति ?
बहराइनले नेपाली कामदारको माग गरेको छ। बहराइन सहरमा रहेको secure me wll कम्पनीले सेक्युरिटी गार्डका लागि ४३ पुरुष र ३ महिला गरि जम्मा ४६ जना नेपाली पुरुष महिला कामदारको माग गरेको हो।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ। कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्नेछ। करार अवधि २ वर्षे रहेको छ। कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन्।
कामदारले तलब खान बस्ने सहित ३७ हजार माथि पाउनेछन्। इच्छुक कामदारले आइ. एम. एस. म्यानपावर प्रा. लि. को कार्यालय सिनामंगल काठमाडौंमा भदौ २९ गते अन्तरवार्ता दिनु पर्ने छ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ। त्यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ।
