मेक्सिको एक अस्पतालमा बाढी पस्दा १७ विरामीको मृत्यु
एजेन्सी। मेक्सिकोको एक अस्पतालमा बाढी पस्दा १७ जनाको मृत्यु भएको छ। मेक्सिकोको हिडाल्गो राज्यको एक अस्पतालमा वर्षासंगै पानी पसेपछि अस्पताल भत्किंदा १७ बिरामीको मृत्यु भएको हो। अन्य ४० जना बिरामीको भने उद्धार गरिएको छ। मृत्यु हुनेमा केही कोभिडका बिरामीहरु पनि रहेका छन्।
यसैबीच मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले देशमा अविरल बर्षा जारी रहेकाले सबैलाई सुरक्षित रहन अपील गरेका छन्।
मेक्सिकोमा वर्षाका कारण ३० हजार मानिस प्रभावित भएका छन भने बाढीमा मेक्सिकोको उपनगरमा दुुइ जनाको मृत्यु भएको छ। बाढीका कारण सयौंलाई सुरक्षित स्थान तर्फ सारिएको छ।
