जनताले नचाहेको एमसीसी लागू गर्नु हुँदैन्: राजेश हमाल
अहिले नेपालमा अमेरिकी सहायता परियोजना एमसीसी ९मिलेनियम च्यालेन्ज कर्पोरेसन०लाई स्वीकार गर्ने कि नगर्ने भन्ने बहस चलिरहको छ। देशैभर यो विषयमा आफ्ना आफ्ना टिकाटिप्पणी दिनेहरु छन्। दैनिक जसो विरोधका कार्यक्रम समेत भइरहेका छन्।
यसैबीच, महानायकको उपाधि पाएका कलाकार राजेश हमालले पनि यो विषयमा बोलेका छन्।
नेपालको कलाकारिता क्षेत्रमा प्रायः कलाकारहरु राजनीतिक विषयमा बोल्दैनन्। सामाजिक विषयमा केही मात्रामा आफ्नो तर्क दिएपनि राजनीतिक विषयमा भने कलाकारहरुको मौनता नै हुन्छ।
तर, हमालले भने एमसीसी लागू गर्न नहुने बताएका छन्। शुक्रबार मध्यरातमा आफ्नो सामाजिक सञ्जालमार्फत् भिडियो पोष्ट गर्दै हमालले नेपाली जनता यसको विरुद्धमा भएकाले यसलाई लागू गर्न नहुने बताएका हुन्।
भिडियोमा हमालले एमसीसी के कारणले लिन हुने वा नहुने भन्ने बारेमा स्पष्ट रुपमा आफ्नो धारणा नराखेपनि अमेरिकाको बिग्रँदो छविका कारण जनता यसको विरुद्धमा भएको र जनतालाई मान्य नहुने एमसीसी लागू गर्न नहुने बताएका छन्।
