अमेरिकाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल, टोलीमा छैन परिवर्तन
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग टस हारेर बलिङ गर्दैछ।
टोलीमा कुनै परिवर्तन छैन। यसअघि ओमानविरुद्धको दोस्रो खेलमा खेलेको नेपाली खेलाडीहरुले नै यस खेलमा पनि खेल्दैछन।
नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ सेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, विनोद भण्डारी, कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, विक्रम सोब र सुशन भारी छन्।
नेपाल र अमेरिका दुवैले सिरिजअघि पपुवा न्युगिनी ९पीएनजी० सँग खेलेका थिए।
दुवै टोलीले पीएनजीविरुद्ध जित हासिल गरेका थिए।
नेपालले अमेरिकासँग १९ महिनाअघि घरेलु मैदानमा खेलेको थियो।
त्रिकोणात्मक सिरिजअन्तर्गत नै सन् २०२० फेब्रुअरीमा भएको भेटमा नेपालले अमेरिकालाई ओडीआई इतिहासकै सर्वाधिक कम ३५ रनमा अल आउट गरेको थियो।
अमेरिका त्यो हारको बदला दिने दाउमा हुँदा नेपाली टोली त्यही लयलाई निरन्तरता दिन चाहन्छ।
हेड टु हेड नेपाल र अमेरिकाबीच हालसम्म दुई ओडीआई खेलमा भेट भएको छ।
दुवै खेल नेपालले आफ्ना पक्षमा पारेको छ।
नेपालको घरेलु मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले हराएको थियो।
