काँग्रेस ठाटीकाँधको सभापतिमा शाहीको उम्मेदवारी
सुर्खेत । यतिबेला नेपाली काँग्रेसको १४ औँ महाधिवेशन चलिरहेको छ।
वडादेखि पालिका र जिल्लामा नेतृत्व चयनका लागि दौडधुप भईरहेको छ ।
जसमा युवापङ्ति अग्रसर देखिएको छ। वडातहको नेतृत्वमा युवाहरु जुटिरहेकै बेला पालिकाको नेतृत्वमा पनि युवा अगाडी आउनुपर्छ भन्ने चाहना सबैका देखिएको छ।
जस अनुसार दैलेखका धेरै जसो पालिकाको सभापतिमा पनि युवा वर्गले उम्मेदवारी दिने देखिएको काँग्रेसका जिल्लातहका नेताहरुले बताएका छन् ।
आइतबार ठाटीकाँध गाउँपालिकामा पालिकाको सभापतिमा पनि युवा नेता भुपेन्द्रबहादुर शाहीले उम्मेदवारी घोषणा गरेका छन््।
शाही विद्यार्थी राजनीतिदेखिनै काँग्रेसमा सक्रिय भयर लागेका युवा नेता मानिन्छन् ।
प्रदेश संरचनामा गईसकेपछि शाही गाउँ कार्यकमिटी सदस्य समेत रहेका शाहीले विभिन्न संघ–संस्था र यातायात व्यवसायिका क्षेत्रमा समेत काम गरेका अनुभव छ ।
शाहीले भने ,‘ काँग्रेसले बोेकेको लोकतान्त्रिक, मुल्यमान्यता र विचारलाई स्थापित गर्दै पालिका स्तरिय पार्टी संगठनलाई बलियाे मजबुत बनाउनकाे लागि, सक्षम, असल स्वभाव र निष्ठाको राजनीति गर्ने नेतृत्वको आवाश्यकता परेकाले उम्मेदवारी घोषणा गरेका हुँ।’
–दैलेख: काँग्रेसको जिल्ला सभापतिमा शाहीको उम्मेदवारी, यस्तो छ उनको ‘हिष्ट्री’
