Skip to main content

दीपिका एसियाको सबैभन्दा प्रभावशाली अभिनेत्री

दीपिका पादुकोन चाँडै नै दोस्रो हलिउड फिल्ममा काम गरिरहेकी छिन् । पहिलो फिल्म ‘ट्रिपल एक्स ः जेन्डर केज’ले सोचे जस्तो व्यापार नगरेपछि दीपिकाको हलिउड यात्रा सुस्त गतिमा अगाडि बढिरहेको छ । तर, भारतमा त दीपिका एक नम्बर नै हुन् ।

यो कुराको पुष्टि हुन्छ उनलाई सामाजिक सञ्जालमा पछ्याउने फ्यानको संख्याले । दीपिकालाई इन्स्टामा मात्र १ सय ३९ मिलियन दर्शकले पछ्याउने गरेका छन् । यसरी पछ्याउने फ्यानलाई आधार मानेर बेलायतको गाला बिंगोले दीपिकालाई एसियाको फिल्म तथा टेलिभिजनको क्षेत्रबाट एसियाकै सबैभन्दा प्रभावशाली महिला घोषणा गरेको छ ।

गाला बिंगोले हालसालै जारी गरेको सूचीमा एसियाबाट दीपिकालाई प्रभावमा एक नम्बर मानेको हो । यसका लागि उसले सामाजिक सञ्जालका फ्यानसँगै गुगल सर्च र समाचारमा दीपिकाको उल्लेख गरिएको संख्यालाई पनि आधार मानेको थियो ।

गाला बिंगोले फिल्म र टिभीबाहेक व्यापार, राजनीति र फेसनको क्षेत्रका मानिसलाई पनि प्रभावशालीको सूचीमा समेटेको हो । यो उपलब्धि हासिल गरेसँगै दीपिका हलिउड सेलिब्रेटी एरियाना ग्रान्डे, किम कादर्सियन, एडले, सेलेन डायनको हाराहारीमा आएकी छिन् ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: