खुम्बु पुगेर इन्दिरा जोशीले सुटुक्क गरिन् इन्गेजमेन्ट
३५ वर्षीया गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका हुन् ।

इन्दिरा र शरदले औँठी साटेको भिडियो टिकटकमा छ्यापछ्याप्ती छ । उनीहरूबीच इन्गेजमेन्ट भएको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा पोस्ट गरेका छन् । इन्दिरा र शरद हेलिकप्टरबाट खुम्बु क्षेत्र पुगेका थिए ।
इन्दिरालाई शरदले गत फागुनमै पनि औँठी लगाइदिएका थिए । तस्वीर इन्दिराले आफैँ सार्वजनिक गरेकी थिइन् ।
भ्यालेन्टाइन डेको तीन दिनपछि इन्दिराले फेसबुकमा औंठी लगाइरहेको फोटो पोस्ट गरेकी थिइन् । तर, त्यसमा शरद देखिएका थिएनन् । इन्दिराका अनुसार उनीहरू अढाइ वर्षदेखि प्रेममा छन् ।
रातो घाँघरा बोलको गीतबाट चर्चामा आएकी उनी अहिले नेपाल आइडलकी जज पनि हुन् । नवलपरासीको परासी बजारमा २०४३ सालमा जन्मिएकी इन्दिरा बुवाआमाका पाचौँ सन्तानका रूपमा जन्मिएकी थिइन् ।
