कर्णालीमा कोरोना संक्रमितको संख्या ३३ हजार नाघ्यो
सुर्खेत। कर्णाली प्रदेशमा शुक्रबार थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ।
६४ जनामा गरिएको आरटी–पीसिआर विधिबाट गरिएको कोरोना परीक्षणबाट ४१ जना र ७४ जनामा गरिएको एन्टिजेन विधिबाटको कोरोना परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
संक्रमण देखिनेमा सुर्खेतमा सबैभन्दा बढी ४४ जना रहेका छन् भने रुकुमपश्चिममा ५ कालिकोटमा १ र दैलेखमा २ जना रहेका छन् ।
यो सँगै कर्णालीमा कुल संक्रमितको संख्या ३३ हजार ३ ९० पुगेको छ।
त्यी मध्ये ३१ हजार ४७२ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् ।
शुक्रबार ५८ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् ।
प्रदेशभर सक्रिय संक्रमितको संख्या घटेर २७५ मा खुम्चिएको छ भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७५ पुगेको छ।
