बराहताल गाउँपालिका २ र ३ मा निशुल्क आँखा तथा पाठेघरको क्यान्सर जाँच शिविर सम्पन्न
सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा निशुल्क आँखा शिविर तथा पाठेघरको मुखको क्यान्सर जाँच शिविर सम्पन्न भएको छ। गाउँपालिकाको वडा नम्बर ३ र ४ मा निशुल्क आँखा शिविर तथा पाठेघरको मुखको क्यान्सर जाँच शिविर सम्पन्न भएको छ ।
वडा नम्बर ३ को नासिङ्गकाँडामा सम्पन्न भएको आँखा शिविरमा ७९ जनाले सेवा लिएका थिए। जसमध्ये ८ जनालाई अप्रेशन गर्नको लागि सिफारिस गरिएको छ। यस्तै सोहि वडामा सम्पन्न भएको महिलाको पाठेघरको क्यान्सर जाँच शिविरमा ५० जनाले सेवा लिएका थिए। जसमध्ये शंकासपद पाठेघरको क्यान्सर भएको एकजना भेटिएको छ भने पाठेघर सम्वन्धि समस्या भएका ३ जना भेटिएका छन्। उनीहरु लाई थप उपचारको लागि रिफर गरिएको छ।
गाउँपालिकाको वडा नम्बर ४ को तरंगामा पनि आँखा शिविर सम्पन्न भएको छ। सम्पन आँखा शिविरमा १७७ जनाले सेवा लिएका थिए। जसमध्ये ३८ जनालाई अप्रेशन गर्नको लागि सिफारिस गरिएको छ। यस्तै सोहि वडामा सम्पन्न भएको महिलाको पाठेघरको क्यान्सर जाँच शिविरमा १०६ जनाले सेवा लिएका थिए। जसमध्ये शंकासपद पाठेघरको क्यान्सर भएको पाँच जना भेटिएका छन भने पाठेघर सम्वन्धि समस्या भएर थप उपचारको लागि रिफर गरिएको सङ्ख्या ७ जना रहेको छ।
गाउँपालिकाको वडा नम्बर २ मा ४ गते र वडा नम्बर १ मा ५ गते शिविर संचालन हुनेछ। यस्तै अन्य वडामा पनि निरन्तर कार्यक्रम संचालन हुने बताइएको छ। अध्यक्ष सँग नागरिक स्वास्थ्य कार्यक्रम अन्तरगत उक्त शिविर संचालन भएको हो। गाउँपालिकाले आर्थिक वर्ष ८१/८२ मा अध्यक्ष सँग नागरिक स्वास्थ्य कार्यक्रम शिर्षकमा बजेट विनियोजन गरेको थियो।
