ठाटिकाँध गाउँपालिका द्वारा सम्मान, पुरस्कार वितरण तथा सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न
दैलेख । ठाटिकाँध गाउँपालिकाले “जनतासँग अध्यक्ष” कार्यक्रम अन्तर्गत एक विशेष समारोह आयोजना गरी सम्मान, पुरस्कार वितरण तथा सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।



कार्यक्रममा गाउँपालिका भित्रका सामुदायिक माध्यमिक विद्यालयहरूबाट “माध्यमिक शिक्षा ” परीक्षामा उत्कृष्ट अंक ल्याउने दलित तथा गैरदलित २/२ जना छात्रछात्रालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। पहिलो स्थान हासिल गर्ने विक्रान्त सिजापतीलाई रु १५,००० र अन्य तीन जनालाई जनही रु १३,५०० नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।


यस्तै, कार्यक्रमका अवसरमा सामुदायिक माध्यमिक विद्यालयहरूलाई खेलकुद सामग्री वितरण गरिएको छ। साथै प्रत्येक आमा समूहलाई ५१ वटा स्ट्रेचर हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद उपाध्यायले जानकारी दिनुभयो।

समारोहमा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापकहरू, महिला स्वयंसेविका तथा कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाहले कार्यक्रममा बोल्दै यस्ता प्रयासहरूले समुदायमा आत्मबल, उत्साह र एकता मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो
