नेपाल भ्लग च्यालेन्जको फाइनलमा ११ प्रतिस्पर्धी चुनिए
१० लाख नगद पुरस्कार रहेको नेपाल भ्लग च्यालेन्जले काठमाडौँको दरबारमार्गमा आयोजित एक कार्यक्रमबीच ११ प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरेको छ । निर्णायक मण्डलमा रहेका निश्चल बस्नेत, सिसन बानिया, रोहित शाक्य तथा मिलन थापाले यी ११ प्रतिस्पर्धीहरू चुनेका हुन् ।
आयोजक कम्पनी पार्टी नेपालका प्रतिनिधि राहन बज्राचार्यका अनुसार अन्तिम ११ प्रतिस्पर्धीहरूमा लोकप्रिय भ्लगर प्रज्वल थापा मगर ९झोले०, भारतमा समेत प्रसिद्ध फिल्ममेकर निशान भुजेल, ट्राभल भ्लगर नीशा खालिङ राई, रोशन महर्जन, आयुष्मान् घर्ती मगर, विश्वास राई, आशुतोष बाराही, आत्मीय बराल, रेतिश गैन्जु, सुजन गौतम तथा समीर ताम्राकार रहेका छन् ।
यस प्रतियोगिताका विजेताले सगरमाथा आधार शिविरसम्मको साहसिक पदयात्राको लागि लाखौँ फलोवर्स भएका विभिन्न देशबाट आएका भ्लगरहरुसँग नेपालको प्रतिनिधित्व गर्न पाउने छन् ।
