साफ च्याम्पियनसिप : नेपालले आज श्रीलङ्कासँग खेल्दै
१३ औं संस्करणको साफ च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्ने भएको छ ।
माल्दिभ्समा जारी साफमा नेपालले आफ्नो दास्रो खेलमा श्रीलङ्कासँग खेल्ने भएको हो । नेपाली समय अनुसार खेल राति ९स्४५ बजेबाट हुनेछ ।
पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १(० ले पराजित गरेको नेपाल दोस्रो खेलमा पनि जित निकाल्ने लक्षका साथ खेल्ने तयारीमा छ ।
श्रीलङ्का भने उसको पहिलो खेलमै बंगलादेशसँग १(० ले पराजित भएको थियो । श्रीलङ्का पनि पहिलो जित निकाल्न आज नेपाललाई जित्ने लक्ष्यमा रहेको छ ।
साफ अन्तर्गतकै खेलमा आजै भारतलेले पहिलो बंगलादेशसँग खेल्दैछ । उक्त खेल सोमबार दिउँसो ४स्४५ बजेबाट हुनेछ ।
