मनोज गजुरेलले गरे बिहे
हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्।
उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका हुन्। उनले मन्जु पोखरेलसँग विवाह गरेका हुन्।
पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन्।
गजुरेलले चार वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए।
