Skip to main content

साफ च्याम्पियनसिप: बंगलादेशले लियो अग्रता

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा बंगलादेशले नेपालविरूद्ध अग्रता लिएको छ।

नेपाली समय अनुसार बुधबार पौने ५ बजेदेखि राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सुरू भएको खेलमा बंगलादेशले पहिलो गोल आठौं मिनेटमा गरेको हो।

नेपाल र बंगलादेश दुबैले फाइनलका लागि खेल्दैछन्।

नेपालले जीत निकाले वा बराबरीमा सकाए फाइनल पुग्नेछ। यता बंगलादेशले भने खेल जित्नुपर्ने हुन्छ। अंक तालिकामा माल्दिभ्स ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपालको पनि ६ अंक छ।

भारत ५ अंक जोडेर तेस्रो र बंगलादेश ४ अंकसहित चौथो स्थानमा छ। १ अंक जोडेको श्रीलंका भने बाहिरिसकेको छ।

आयोजक माल्दिभ्स र भारतबीच राति खेल हुनेछ। खेलमा फाइनलमा पुग्न भारतलाई जित तथा माल्दिभ्सलाई बराबरी आवश्यक हुनेछ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: