‘साउदीका राजालाई मार्न चाहन्थे मोहम्मद बिन सलमान’
साउदी अरेबियाका पूर्व शीर्ष गुप्तचर अधिकारी साद अल जाब्रिले राजकुमार मोहम्मद बिन सलमानले राजाको हत्या गर्न चाहेको खुलासा गरेका छन्।
सीबीएससँगको अन्तर्वातामा जाब्रिले मोहम्मद बिन सलमानले सन् २०१४ मा आफ्ना काकाको छोरालाई आफ्नो बाटोको सबै अवरोध हटाउन आग्रह गरेको बताएका हुन्। त्यतिबेला साउदी अरेबियाको शाही परिवारमा उत्तराधिकारीको विषयलाई लिएर तनावपूर्ण अवस्था थियो।
अन्तर्वार्तामा जाब्रिले मोहम्मद बिन सलमान त्यतिबेला मानसिकरुपमा विक्षिप्त व्यक्ति रहेको बताएका छन्।
जाब्रिका अनुसार सन् २०१४ मोहम्मद बिन सलमानका काकाको छोरा मोहम्मद बिन नायेफ गृहमन्त्री थिए।
बिन सलमानले गृहमन्त्री रहेका नायेफलाई राजाको हत्याको व्यवस्थापन मिलाउन आग्रह गरेको जाब्रिको आरोप छ। उनी भन्छन्, ‘बिन सलमानले भनेका थिए– म किङ अब्दुल्लाहको हत्या गर्न चाहन्छु। मैले रुसबाट विषको औंठी मगाएको छु। मेरा लागि एकपटक उनीसँग हात मिलाउनु मात्र पर्याप्त हुन्छ।’
यद्यपि पछि यो मुद्दा शाही अदालतले आन्तरिकरुपमा समाधान गर्यो। सन् २०१५ मा ९० वर्षको उमरमा अब्दुल्लाहको मृत्यु भयो।
उनको स्थानमा अब्दुल्लाहका भाइ तथा मोहम्मद बिन सलमानका पिता साउदीका राजा बने। उनले मोहम्मद बिन नायेफलाई युवराज बनाए।
सन् २०१७ मा नायेफलाई हटाएर बिन सलमान नै साउदीको राजकुमार बने। नायेफलाई गृहमन्त्रीबाट हटाइयो। त्यसपछि उनलाई गत वर्ष नखुलाइएको मुद्दामा हिरासतमा लिनुपूर्व नजरबन्दमा राखिएको केही बीबीसीले उल्तालेख गरेको छ।
