प्रधानन्यायाधीश भन्छन्–‘राजीनामा दिन्नँ’
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कसैको दबावमा राजीनामा नदिने बताएका छन् ।
राजीनामा नदिने अडान व्यक्त गरेका छन्। आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै सडकबाट राजीनामा माग्दैमा आफू लचिलो नहुने अडान राखेका हुन्
बीबीसी न्यूज नेपालीलाई दिएको अन्तर्वार्तामा उनले कसैको ‘दबाव र प्रभावमा’ पद त्याग नगर्ने भन्दै न्यायपालिकालाई लथालिङ्ग पारेर आफू नबाहिरिने बताए ।
‘म संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको हुँ,’ उनले भनेका छन्, ‘सडकबाट मागिएको राजीनामामा म तयार छैन।’
‘संविधानको प्रक्रियाबाट म आएको छु र प्रक्रियाबाट मात्रै म जाने हो।’ प्रधानन्यायाधीश जबराले भनेका छन् ।
