सुनको मूल्य बढ्यो : तोलाको कति पुग्यो ?
मंगलबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो।
सोमबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मंगलबार भने ९२ हजार रुपैयाँमा कारोबार हुनेछ। सोही परिमाणको तेजावी सुन यसअघि ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेकोमा आज ९१ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ।
चाँदी भने आज प्रतितोला १० रुपैयाँले बृद्धि भएको छ। सोमबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।
