चौथो जिल्ला स्तरीय टी–२० उपाधी भिमपाईलालाई
सुर्खेत । पश्चिम दैलेखको बिजारेमा आयोजना गरिएको चौथो जिल्ला स्तरिय टी–२० प्रतियोगिताको उपाधि भिमपाईला स्पोर्ट्स एकेडेमीले पाएको छ। यस्तै जम्मा ९ वटा टिममध्ये लेकबेसी एकता समाज उपबिजेता बनेको छ । लेक बेसी एकता समाज ठाटीकाँध गाउँपालिकाको आयोजनामा कार्तिक १० गतेबाट सुरु भएको प्रतियोगिता कार्तिक १५ गते सम्पन्न भएको हो । विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर ठाटीकाँध गाउँपालिकाको आर्थिक सहयोगमा उक्त, प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा विजेता हुनेले हुनेले ४१ हजार १११ र उप–विजेताले ३१ हजार १११ रुपैंया पुरस्कार सहित ट्रफि र प्रमाणपत्र पाएको लेक बेसी एकता समाजका अध्यक्षल भक्तबहादुर रोकायाले जानकारी दिए ।
